कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्ती मर्यो

कञ्चनपुर | साउन ३२, २०८०

कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्ती मर्यो फाइल तस्बिर

कञ्चनपुर:  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेको छ । 

 

शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।

 

राति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टिक ट्याङ्कीमा पछाडिको खुट्टा परेर मरेको देखिएको छ मेहताले भन्नुभयो । 

 

उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । ुयस सम्बन्धमा थप अनुसन्धान भइरहेको छु, उहाँले भन्नुभयो, ुविधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्